भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणको निवेदनमा आजै आदेश आउन सक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पुर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको मुद्दाको निर्णयक सुनुवाइ उच्च अदालत पाटनमा भइरहेको छ ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त मुद्दाबारे निर्णायक सुनुवाइ जारी छ ।

पूर्वमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशको राय बाझिएको थियो ।

बिहीबारको सुनुवाइबाट खाण थुनामै रहने वा धरौटीमा छुट्ने टुंगो लाग्नेछ ।

सुनुवाइका क्रममा खाँणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरिसकेका छन् ।

त्यसैगरी अधिवक्ताहरू प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालको बहस बाँकी छ । उनीहरू अबको करिब १५ मिनेटमा बसह सक्नेछन् ।

त्यसपछि सरकारी वकिलले बहस गर्नेछन् । सरकारी वकिलको बहसपछि आजै खाँणका वकिलले जवाफी बहस सकेमा खाणबारे उच्च अदालतले निर्णय सुनाउने छ ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो । पाण्डेले खाँणलाई धरौटीमा छाड्ने र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =