छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । बर्दिया, बढैयाताल गाउँपालिका–३ सिमरास्थित सडकमा भे.७ प ५३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका–३ बस्ने ३० वर्षीय कृष्ण सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनमा घाइते भएका २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यस्तै धनुषा, लक्ष्मिनिया गाउँपालिका–४ सपही पुलस्थित सडकमा प्र.२–०२–००२ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमला नगरपालिका–८ सोनपारा बस्ने २५ वर्षीय भरत सहनी समेत २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि न्युरो अस्पताल जनकपुर रिफर गरिएको छ ।

मकवानपुर, भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा प्रदेश ३–०२–००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २५ वर्षीय बिकल सारु मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =