नेपाल जेसिजको अध्यक्षमा गुरुङको दाबी
२०८० मंसिर २७ गते

नेपाल जेसिजको अध्यक्षमा वियज गुरुङले दाबी गर्ने भएका छन्।
अब हुने महाधिवेसनमा देवदह जेसिजका संस्थापक समेत रहेका गुरुङलाई अघि सार्ने एउटा भेलाले निर्णय गरेको हो।
यसअघि उनले जेसिजको उपाध्यक्ष र सल्लाहकार भएर काम गरिसकेकाले अब उनको नेतृत्व आवश्यक रहेको देवदहमा भेला भएका जेसिज सदस्यहरुले बताए।
नेपाल जेसिजको ५० औं राष्ट्रिय महाधिवेशन मंसिर २९ गतेदेखि पुस २ गतेसम्म बुटवलमा गर्ने तयारी भएको छ। महाधिवेशनमा गुरुङसहित चार जनाले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्।

२०८० मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








