हाम्रो गुटभित्र समस्या छ : डा.सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले काँग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन् ।
बुधवार शेखर–गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए । उनले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताए । उनले आम मानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए ।
उनले भने ‘काँग्रेस पार्टीमा अहिले गुटगत आधारमा मान्छेहरूलाई अवसर दिने यो अवस्था अहिले देखिएको छ । जसले अवसर पाउनुभएको छैन, पार्टीको लागि अनवरत रुपमा लड्नुभएको छ, राष्ट्रिय सभामा उहाँहरूलाई अवसर दिनुपर्छ । पटकपटक अवसर पाएकाहरूलाई र टिकट लिएर हारेकाहरूलाई अवसर दिनु हुँदैन । हाम्रो गुट भित्र पनि समस्या भयो । शेखर दाइ र गगन दाइको बीचमा समस्या आए । यो लुकाएर पनि हुँदैन । तर आम मानिसको बीचमा सबै मिलेर जानुपर्ने कुरा छ । शेखर र गगन बिनाको यो समूह अपुरो हुन्छ ।’
सांसद शर्माले शेखर र गगन बिनाको अहिलेको समूह अपूरो हुने दाबी गरे ।








