काँग्रेस नीति विहीन रूपले हिँड्न सक्दैन : जगदिश्वर नरसिंह केसी

काठमाडौँ । नेपाली काँग्रेसका नेता जगदिश्वर नरसिंह केसीले महासमितिको बैठक तोकिएकै समयमा हुनुपर्ने बताएका छन् ।

बुधवार शेखर—गगन समूहको बैठकपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेस नीति विहीन रूपले हिँड्न नसक्ने भन्दै राजनीतिक, साङ्गठनिक, आर्थिक, वैदेशिक नीति महाधिवेशनबाट स्पष्ट हुनुपर्ने बताए । उनले महासमितिको बैठक नीति महाधिवेशनको रुपमा रूपान्तरित गरेर केही विषयवस्तु एजेण्डाबाइज बन्नुपर्ने बताए ।

उनले राष्ट्रिय सभा निर्वाचनमा मौका नपाएका, पार्टीचित्र त्याग, तपस्या, बलिदानी, निष्ठा र आदर्श बोकेकालाई अवसर दिनुपर्ने बताए ।

उनले भने ‘ठन्डा, जाडो, हिउँ पर्छ भन्नेकुरा त्यही समयमा थाहा थियो । त्यसैले महासमितिको बैठक तोकिएकै समयमा हुनुपर्छ । राजनीतिक, साङ्गठनिक, आर्थिक, वैदेशिक नीति नीति विहीन रूपले काँग्रेस हिँड्न सक्दैन । महासमितिको बैठक नीति महाधिवेशनको रुपमा रूपान्तरित गरेर केही विषयवस्तु एजेण्डाबाइज बन्नुपर्छ । राष्ट्रिय सभा निर्वाचनमा मौका नपाएका, पार्टीचित्र त्याग, तपस्या, बलिदानी, निष्ठा र आदर्श बोकेका पुराना कुनै अवसर नपाएकाहरूलाई अवसर दिनुपर्छ । पटकपटक चुनाव हार्ने, चुनाव लड्नेहरूलाई अवसर दिनु हुँदैन ।’

नेता केसीले पटकपटक चुनाव हार्नेहरूलाई राष्ट्रिय सभामा अवसर दिनु नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =