कोइराला पक्षको बैठक जारी, के हुँदैछ छलफल ?

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षको काठमाडौंमा भेला सुरू भएको छ ।

बुधबार दिउँसो काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायत पक्षको भेला सुरू भएको हो । पछिल्लो समय कोइराला र थापाबीच सम्बन्ध पटकपटक चिसिएको छ ।

कोइरालाले मंगलबार नै बैठक बोलाउन खोजेका थिए । महामन्त्री थापा जनकपुरको कार्यक्रममा जाने दिन पारेर कोइरालाले बैठक राखेको भन्दै समूहभित्रैबाट असन्तुष्टि भएको थियो । त्यसपछि मंगलबार छलफल गरी बैठक बुधबार गर्ने समझदारी बनेको हो ।

महासमिति बैठक, राष्ट्रिय सभा चुनाव, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी सामूहिक धारणा बनाउन बैठक राखिएको हो । कांग्रेसले मंसिर २९ मा केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेको छ । उक्त बैठकमा महासमिति बैठक सार्ने तयारी गरेपछि संस्थापनइतर समूहले छलफल गर्न लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =