झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्रा

ओलीद्वारा खोटाङको ‘पंखु लप्से खानेपानी आयोजना’ उद्घाटन

अध्यक्ष ओलीद्वारा खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गरेका छन् ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुगेका ओलीले बुधवार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गरेका हुन् ।

कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो ।

सो आयोजनाका ४ सय २० लाभान्वित घरधुरी रहेका छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =