नेपाल बैंकका तत्कालीन शाखा प्रबन्धक कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर
२०८० मंसिर २६ गते

विशेष अदालतले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर गरेको हो।
कसुर ठहर भए पनि सजाय निर्धारण भने हुन बाँकी छ। सजाय निर्धारणका लागि पुस ११ गते पेशी तोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकमा कार्यरत कोइरालालाई बैङ्कको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो।
अख्तियारले कोइरालालाई ५४ लाख ८४ हजार ४५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम रकम असुलको माग दाबी गरेको थियो।
२०८० मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








