गोली चलेको स्थानमा भेटियो खिया लागेको पेस्तोल, ४९० ग्राम आइस ड्रग बरामद

काठमाडौँ । ललितपुरको झम्सीखेलमा गोली हानेर पक्राउ गरेको युवकको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन प्रहरीले बरामद गरेको छ ।

मंगलबार पक्राउ परेका उदयपुरका अविनास राईको साथबाट निकै महँगो र नसालु मानिने एमफेटामिन ड्रग बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

रेग्मीका अनुसार ललितपुरको झम्सीखेलमा राई रहेको स्थानमा प्रहरी पुग्ने बित्तिकै उनले प्रहरी टोलीमाथि आक्रमण गरेका थिए । त्यसक्रममा नियन्त्रणमा लिन गोली चलाएको उनको भनाइ छ ।

प्रहरीको गोली राईको दाहिने खुट्टामा लागेको थियो । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली चलाएर राईलाई पक्राउ गरेको ठाउँमा प्रहरीले खिया लागेको पेस्तोल र त्यसमा लाग्ने केही राउण्ड गोली भेटेको जनाएको छ ।

पक्राउ परेका राई लागूऔषधको मुख्य कारोबारी भएको दाबी प्रहरीको छ । लागूऔषध एमफिटामिन विशेषतः विभिन्न ड्रग पार्टीहरुमा प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =