ललितपुरको झम्सीखेलमा गोली चल्यो, हतियार सहित एक जना पक्राउ

काठमाडौँ । लागुऔषध काराबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

ललितपुरको झम्सीखेलमा मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

महाशाखाको टोलीले गोली प्रहार गरी एक जनालाई पक्राउ गरेको जनाएको छ ।

उदयपुरका अविनास राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ ।

साथै, राईको साथबाट प्रहरीले लागुऔषध आइस बरामद गरेको महाशाखाका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *