राष्ट्रियसभा निर्वाचनका लाागि ५ वटा दल दर्ता
२०८० मंसिर २५ गते

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबारसम्म ५ वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रियसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन्।
नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दल सोमबारसम्म दर्ताका लागि आयोग पुगेका छैनन्।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट मंसिर २९ गतेसम्मका लागि समय दिएको छ। आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ। एक जना राष्ट्रपतिले मनोनयन गर्नेछन्।
२०८० मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








