रास्वपाको संसदीय दलको बैठक बस्दै
२०८० मंसिर २५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।
रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिइन् ।
उनले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताइन् ।
‘आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ । संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्’, सचेतक डाँगीले भनिन् ।
२०८० मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








