शिवशिखरका सञ्चालक शर्मासहित ४ जनालाई कञ्चनपुर लगियो
२०८० मंसिर २४ गते

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य सञ्चालक केदारनाथ शर्मासहित पक्राउ परेका चार जनालाई कञ्चनपुर लगिएको छ।
यसअघि उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।
कञ्चनपुरमा पनि ठगीको उजुरी रहेकाले अनुसन्धान गर्न लगिएको हो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुको उजुरीका आधारमा अनुसन्धानका लागि उनीहरुलाई कञ्चनपुर ल्याइएको जानकारी दिए।
मुख्य सञ्चालक शर्मा, उनकी श्रीमती गीता शर्मा, सञ्चालक समितिका सदस्य पुष्कर मल्ल र अमिशराज भण्डारीलाई अनुसन्धानका लागि कञ्चनपुर ल्याइएको हो । उनीहरुविरुद्ध ३१ करोड ९७ लाख ३ हजार ९५५ रुपैयाँ बचत हिनामिना गरी ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
२०८० मंसिर २४ गते
प्रतिक्रिया








