शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरुको बैठक

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । कोइरालाले आगामी मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक पुरानोबानेश्वरस्थित अनुपम फुडल्याण्डमा बस्ने तयारी छ।

बैठकमा कोइराला पक्षीय केन्द्रीय सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको छ।

महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ । कांग्रेसले आगामी मंसिर १६–१९का लागि महासमिति बैठक तय गरेको छ । यस्तै आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

राष्ट्रिय सभाको निर्वाचनमा आफू पक्षको उपस्थिति बढाउन कोइराला देउवामाथि दवाव सिर्जना गर्ने योजनामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *