संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् ।

आइतबार गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितहरूको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताए ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद अधिवेशन आह्वान हुने बताए ।

उनले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिबद्धता जनाए ।

उनले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको छ । त्यसकारण पनि हामी अझ बढी एक भएर अघि बढ्न जरुरी छ र यसलाई छिटो भन्दा छिटो पोजिटिभ्ली सकारात्मक ढंगले टुंग्याउन जरुरी छ । त्यसो गर्न सकेनौँ भने अप्ठ्यारा आउँछ । मैले ५/७ दिनअघि केही सम्पादकहरूलाई बोलाएर कुरा गरेको थिएँ, यो संसारमा मानव जातिले विकास गरेको राजनीतिक प्रणाली अहिलेसम्मको सबैभन्दा राम्रो के हो भन्दा लोकतान्त्रिक गणतन्त्र नै हो । विभिन्न रूपमध्ये एउटा लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ । यो सबैभन्दा राम्रो प्रणालीमाथि धावा बोल्नुको अर्थ नराम्रोमा जाने हो । यो भन्दा राम्रो त समाजवाद हो । अहिलेको परिस्थिति हेर्दा हामी झनै एकजुट हुनुपर्ने अवस्था छ । यो प्रक्रिया टुङ्ग्याउनुपर्नेछ । म सरकार मात्रै होइन, शान्ति सम्झौताको एउटा हस्ताक्षर कर्ता पनि हो । मेरो जिम्मेवारी छ, यसलाई टुंग्याउने र तपाईँहरूलाई खुसी बनाउने । मरिसकेकोलाई फिर्ता ल्याउन सक्ने कुरा भएन, बेपत्तालाई पनि फिर्ता ल्याउन सक्ने अवस्था छैन । तर हामी बाचेकाहरूले गर्नसक्ने कुरा जति गर्नेछौँ । एमालेको अभियान चलिरहेको छ, पुस पहिलो सातासम्म त अभियान नै छ, त्यो बेलासम्म संसद बोलाउने कुरा भएन । सम्भवतः त्यसपछि सदन बोलाउने सोचिँदै छ । तै पनि अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइन्छ । राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ । भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुङ्ग्याइन्छ ।’

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =