भारतमा कार ट्रकसँग ठोक्किएर आगलागी हुँदा ८ जनाको मृत्यु
२०८० मंसिर २४ गते

काठमाडौँ । भारतको उत्तर प्रदेशमा कार ट्रकसँग ठोक्किँएर कारमा आगलागि हुँदा एकै परिवारका आठ जनाको मृत्यु भएको छ ।
शनिवार राति उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २७६ किलोमिटर उत्तरमा रहेको बरेली जिल्लाको भोजीपुरामा उक्त घटना भएको हो ।
प्रहरी वरिष्ठ अधिकारी घुले सुशील चन्द्रभानका अनुसार कार ट्रकसँग ठोक्किँएसँगै कारमा आगो लाग्यो । अटोमोबाइल लक गरिएका कारण सबै भित्र फसे । त्यसकारण आगोमा परेर यात्रुहरूको मृत्यु भएको उनले बताए ।
मृत्यु हुनेमा सात वयस्क र एक बालक रहेको उन जानकारी दिए ।
२०८० मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








