भारतमा कार ट्रकसँग ठोक्किएर आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशमा कार ट्रकसँग ठोक्किँएर कारमा आगलागि हुँदा एकै परिवारका आठ जनाको मृत्यु भएको छ ।

शनिवार राति उत्तर प्रदेशको राजधानी लखनउबाट करिब २७६ किलोमिटर उत्तरमा रहेको बरेली जिल्लाको भोजीपुरामा उक्त घटना भएको हो ।

प्रहरी वरिष्ठ अधिकारी घुले सुशील चन्द्रभानका अनुसार कार ट्रकसँग ठोक्किँएसँगै कारमा आगो लाग्यो । अटोमोबाइल लक गरिएका कारण सबै भित्र फसे । त्यसकारण आगोमा परेर यात्रुहरूको मृत्यु भएको उनले बताए ।

मृत्यु हुनेमा सात वयस्क र एक बालक रहेको उन जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *