प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा
२०८० मंसिर २४ गते

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन् ।
गजुरेलले मंसिर २० गते नै राजीनामा दिएका हुन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत भने गरिसकेको छैन ।
गजुरेलले राजीनामा स्वीकृत भएपछि मात्रै त्यसको कारण सार्वजनिक गर्ने बताए ।
उनी २०७९ माघ ९ गते प्रधानमन्त्री दाहालको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए ।
२०८० मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








