काँग्रेसको इतिहास थाहा पाउन ‘नेपाल पुकार’ ले महत्वपूर्ण भुमिका खेल्छ : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई जनतामा पुर्याउनमा नेपाल पुकारको उल्लेख्य महत्व रहेको बताएका छन् ।
आइतबार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली काँग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भुमिका उल्लेख्य रहेको बताए । उनले नेपाल पुकारले काँग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्वपूर्ण भुमिका खेल्ने बताए ।
उनले भने ‘नेपाली काँग्रेसलाई अझ बढी लोकप्रिय बनाउनुमा, नेपाली काँग्रेसलाई अझ बढी जनतामा पुर्याउनमा नेपाल पुकारको महत्व धेरै नै छ । सबैले नेपाली काँग्रेसको इतिहास थाहा पाउनका लागि नेपाल पुकारले महत्वपूर्ण भुमिका खेल्छ । मलाई विश्वास छ, नेपाली काँग्रेसका सबैले यो पत्रिका पढ्नेछन् । आफ्नो धारणा पनि बनाउनेछन् । नेपाली काँग्रेसले गरेका कामहरूलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ ।’
१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बिपी साहित्य महोत्सव विशेष रहेको छ । २००४ मा काँग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो ।








