झुलाघाट–चिवाभञ्ज्याङ यात्रा

बैंकहरू मिटरब्याजी जस्तो हुनु हुँदैन : ओली

काठमाडौँ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन् ।

आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनुकूल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताए । उनले बैंकहरुले जुन सर्तमा व्यवसायीहरूलाई ऋण दिएको हो त्यो सर्त पालना गर्न आवश्यक रहेको बताए ।

उनले बैंक र ऋणहरूबिच ब्याजदर लगायतका विषयमा सर्त पालना नभएर दुवैपक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने बताए । उनले पछिल्लो समय बैंक र ऋणीहरूबिचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भए पनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे ।

उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । अध्यक्ष ओलीले बैंकहरुले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउनु पर्ने बताए । उनले अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई केही समयको लागि म्याद थप गरेर उद्यम व्यवसायहरू सहयोग गर्न आग्रह गरे ।

उनले बैंकहरुले व्यवसायीको व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने अवस्था सिर्जना गर्नुपर्ने बताए । अध्यक्ष ओलीले अप्ठ्यारोमा परेको बेला ऋणीहरूको गज्जबको जग्गा रहेछ भन्दै लिलामीमा राख्ने तरिका उपयुक्त नभएको बताए ।

उनले निक्षेपकर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार भएको बताए । उनले बैंकमा ऋण लिनेहरू फालाफाल भएकाले अहिले बैङ्कहरूले ऋण लिनेहरूको महत्त्व बुझ्न नसकेको बताए ।

उनले ऋण लिनेहरूले नै बैङ्कहरू चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने भएको भन्दै बैंक र ऋणीहरूको सम्बन्ध तनावको रुपमा नभएर सुमधुर हुन आवश्यक रहेको बताए ।

उनले भने ‘बैङ्कहरूबाट जुन सर्तमा ऋण दिएको छ त्यो सर्त पालना हुनुपर्छ । कुनै कारणवश त्यो सर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ । तर, घट् भन्ने त लेख्या मात्रै हो कहिल्यै हुँदै हुँदैन । बढमात्रै हुने हो । त्यो बढ एकलौटी बढ्न नपाउने व्यवस्था हुनुपर्छ । अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अपरोमा परेको बेलामा सहयोग गर्नुपर्छ । कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने साहेयता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ । अप्ठ्यारोमा प¥यो भनेदेखि धकलदियो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ,यस्तो मान्छेले किन्छ,महँगोमा बेच्न सकिन्छ लिलाम गरिहाल्यौँ भन्ने खालको भन्ने तरिका उपयुक्त हुँदैन । बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनुकूल संस्थाको रुपमा काम गर्नुपर्छ । बैंकले के बुझ्नुपर्छ भने डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरूको ब्याज कसरी फिर्ता गर्छ। त्यसकारण अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले अहिले बैङ्कहरूले ऋण लिनेहरूको महत्त्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैङ्कहरू चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ । आइएलओको सिद्धान्तको रुपमा विकास गर्नुपर्छ । सरकार लगानकर्ता रोजगारदाता र मजदुरहरूबिचको संवादबाट आइएलओको सिद्धान्तले सहमति निकाल्छ । त्यो हामीले गरेका पनि छौं ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले सर्वभम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरे । उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए ।

उनले पोखरा विमानस्थलबाट जहाज उडान गर्न सरकारलाई कसले रोक्यो ? भन्दै प्रश्न गरे । उनले पोखरा मात्रै नभएर भैरहवा विमानस्थलमा समेत वर्तमान सरकारले जहाज उडाउन नसकेको बताए । उनले चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको बताए ।

उनले भने ‘हामीले हाम्रो सार्वभौम सत्ता हामी सर्वभम देश हौँ । सार्वभौम सत्ताको आफैले सम्मान गर्न सकेनौँ अरु कसले गरिदिने ? हाम्रो स्वाधीनता र स्वतन्त्रताको आफैँले सम्मान गर्न सकेनौँ र त्यसमा आफैँ उभिन चाहेनौँ भने कसले उभिने ? हामीले पोखरामा विमानस्थल बनायौँ । यो अहिलेको लुते सरकारले किन प्लेन उडाउँदैन त्यहाँबाट ? नउडाएको किन ? मेरो आपत्ति यो हो । हामीले भैरहवामा विमानस्थल बनायौँ । किन उडाउँदैन । चिनियाँ ठेकेदार कम्पनीले सस्तोमा ठेक्का पा¥यो उसले निर्माण गयो त्यसकारण हुन दिन्न । उडान भर्न दिन्न कसैले भन्छ भने त्यो कुरा नेपालले मान्ने ? जसले सस्तोमा बनाई दिन्छ त्यसैलाई बनाउन दिनुपर्छ । जसले सस्तोमा सामान दिन्छ त्यसैको सामान किन्नुपर्छ । जसले हाम्रो सामान महँगोमा किन्छ त्यसैलाई हाम्रो सामान बेच्नुपर्छ । हाम्रो शान्ति,न्याय र समानता केन्द्रित परराष्ट्र नीति छ । हाम्रो असंलग्न,तटस्थ कतैतिर नलाग्ने,कसैको कर दबाबमा नपर्ने न्यायमा जल्ने हाम्रो परराष्ट्र नीति त्यही हो । हामीले भनेका छौं हाम्रा कोही शत्रु छैनन् । सबै मित्र मात्रै छैनन् । कोही पनि मित्रहरूले मित्र जस्तै व्यवहार गर्नुपर्छ । त्यसका लागि हाम्रो सरकारले कुरा वा वार्ता गर्नुपर्छ । बोल्नै नसक्ने भयो भनेर हिजो पनि भनेको थिए ।’

अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने बताए । उनले जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई सामान बेच्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =