यू-१९ एसिया कप : नेपालले पायो २६२ रनको लक्ष्य

काठमाडौं । अफगानिस्तानले एसिसी यू–१९ एसिया कपमा नेपाललाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ ।

आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भयो ।

अफगानिस्तानका जाम्शिद जद्रानले १ सय ५२ बलमा ८ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए ।

त्यस्तै नौमान साह अघाले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए । पाँचौं विकेटका लागि नौमानले जम्शिद जद्रानसँग ८२ बलमा ९७ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानलाई बलियो योगफलमा पुर्याएका थिए ।

नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए । उनले ९ बलमा २ चौका र १ छक्का हाने ।

हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए ।

एक समय अफगानिस्तान ६.३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको ८१ रनको साझेदारीले अफगानिस्तान खेलमा सम्हाल्लिएको थियो ।

दीपेशको २८ औं ओभरको दोस्रो बलमा जुरमाती ३५ रनमा क्याच आउट भए । ब्याकवार्ड प्वाइन्टमा सुभाष भण्डारीले उत्कृष्ट क्याच लिँदै साझेदारी तोडेका थिए ।

नेपालका हेमन्त धामीले ६ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले १० ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८.३ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =