अनुसन्धानका अधिकृत बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ ।

उनले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी लाभ लिएको भन्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले पेस गरेको माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको प्रमाणपत्र नक्कली भएको पाइएको अख्तियारले जनाएको छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकाले उनको उक्त कार्य भ्रष्टाचारसँग जोडिएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =