लुक्ला जाँदै गरेको जहाजको आपतकालीन ढोकाको सिसा खस्यो

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएको थिएन । तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन ।

जहाजमा दुई जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएको छ । अवस्था सामान्य रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *