विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौँ । सिरहा, औरही गाउँपालिका–२ तुलसीपुरमा स.१ त ७४५८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र यादव र सोही ठाउँ बस्ने वीरेन्द्र यादवको छोरा ७ वर्षीय चन्दन यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको प्रादेशिक अस्पताल लहान र चन्दनको घटनास्थलमै मृत्यु भएको हो । साथै घाइते भएका १ जनाको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

त्यस्तै मोरङ, सुन्दरहरैचा नगरपालिका–४ स्थित सडकमा प्र.१–०२–००१ क ४५२५ नम्बरको ट्रकमा को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–७ बस्ने २८ वर्षीय बिक्रम माझीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका मोटरसाइकल चालकसमेत २ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, राजपुर गाउँपालिका–१ कटवेरुवामा रा.४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर बस्ने ७० वर्षीया गोमा कुमारी भण्डारीको शुक्रबार राती मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–११ खानेपानीस्थित सडकमा बा.७ च ५९७९ नम्बरको गुडिरहेको बोलेरोबाट लडेर सोही नगरपालिका–९ जामिरे बस्ने ३५ वर्षीय भिमसेन बिश्बकर्माको शनिबार बिहान मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको मेलम्ची नगर अस्पताल हुँदै नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *