विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटकै पुष्टि

त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ। भन्सार विभागको प्रयोग शालाले परीक्षणपछि उक्त सुन २४ क्यारेटकै भएको पुष्टि गरेको हो।

भन्सार कार्यालय र विमानस्थल प्रहरीले १४ किलो सुनसहित एकजनालाई बिहीबार राति विमानस्थलबाट पक्राउ गरेको थियो। पछि अर्का व्यक्ति पनि पक्राउ परेका छन्।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो।

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *