पुस ७ गते ‘नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च’ ले स्टार्टअप फेस्ट २०२३ आयोजना गर्दै

काठमाडौँ । नेपाल उद्योग परिसंघ अन्तर्गतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले पुस ७ गते स्टार्टअप फेस्ट २०२३ आयोजना गर्ने भएको छ ।

शुक्रवार परिसंघको युवा उद्यमी मञ्चले पत्रकार सम्मेलन गर्दै पुस ७ गते काठमाडौंमा देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागेको बताएको हो ।

परिसंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३ आयोजना गर्न लागिएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नवीन सोच भएका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग गर्ने, र मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट आयोजना गर्न लागेको बताए ।

उनले अहिले युवाहरू निराश रहेको भन्दै युवाहरूको फेस्टिभलको रुपमा स्टार्टअपहरूको लागि स्टार्टअप फेस्ट गर्न लागेको बताए । उनले नेपालमा पनि केही लगानी गर्न सकिन्छ र नेपालमा नै केही गरौं भन्ने युवाहरूलाई सन्देश दिनको लागि मेला आयोजना गर्न लागिएको बताए ।

उनले मुलुकको आर्थिक अवस्था सिथिल भएकाले युवाहरूलाई जागरुप बनाउने सही समय भएको बताए । उनले युवाहरूलाई उद्यमसँग जोडेर उद्यमी बनाउने उद्देश्यले परिसंघले यस्तो आयोजना गरिएको बताए ।

अध्यक्ष अग्रवालले सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ले अर्थतन्त्र चलायमान बनाउनको लागि पनि सहयोग पुग्ने बताए ।

स्टार्टअपहरूलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएकाले नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरूलाई लगानी जुटाएर प्रोत्साहन गर्ने मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।

मेलामा नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरूबिच गहन छलफल गरिनेछ । सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ ।

फेस्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटाउन पनि सफल भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *