एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो : राजेन्द्रप्रसाद पाण्डे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन् ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले एनसेलको शेयर खरिद बिक्री नभएको टिप्पणी गरेका हुन् ।

उनले शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताए । पहिल्यै सम्बन्धित व्यक्तिको श्रीमतीको नाममा २० प्रतिशत शेयर रहेको उल्लेख गर्दै उनले अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत शेयर लिनु नै नाटक भएको बताए ।

यस प्रकरणमा राज्यले गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्ने बताए ।

उनले भने ‘यो असाध्यै ठूला भयावह खर्बको चिजलाई अर्बमा बेच्ने स्थिति देखियो । एनसेलको सन्दर्भमा हाम्रो समितिको तर्फबाट गर्नुपर्ने भूमिकामा कमी आउन दिनु हुँदैन । सरकारले पैसा लिएर जाने कुराहरूलाई रोक्ने आदि खालका निर्देशन दिएको छ भन्ने केही पत्रपत्रिकाले लेखेको छ । यो कुरामा कडाइका साथ नेपालका विद्यमान ऐन, कानुन पूर्णरुपले फलो गर्नेगरी हामीले ध्यान दिनुपर्ने हुन्छ । यो बिक्री गरेको हो जस्तो लाग्दैन मलाई यो बिक्रीको नाटक मात्रै हो । बिक्रीको नाटक हो । त्यसो हुनाले पहिल्यै श्रीमतीको नाममा २० प्रतिशत थियो अब अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत । यस्ता खालका कामहरु भएका छन् यो नाटक हो । यसलाई गम्भीर रूपले ध्यान पुर्याउनुपर्ने हुन्छ ।’

सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशासन कायम गर्न नसकेको बताए । उनले कर्मचारी परिचालनको सम्बन्धमा मन्त्रालयबाट नकारात्मक काम भइरहेको बताए ।

उनले स्थानीय तहहरूमा प्रशासकीय प्रमुखहरूलाई स्वार्थ अनुकूल सरुवा गर्ने गरिएको भन्दै यसले गर्दा राजनीतिक प्रणालीप्रति नै प्रश्न उठ्न थालेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =