कम्युनिष्टसंग गठबन्धन गरे कांग्रेसको अस्तित्व समाप्त हुन्छ : डा. कोइराला(भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्नु नहुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरूसँगै गठबन्धन गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरूसँग काँग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने बताए ।

उनले देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्नेकुरामा सोच्न जरुरी रहेको बताए ।

उनले भने ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि इलेक्शन गठबन्धन की पोस्ट इलेक्शन गठबन्धन गर्ने रु त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरूसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ? यो गम्भीर विषय छ । यो विषयलाई नेपाली काँग्रेसले गम्भीरताका साथ लिएको छ । नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकाले डेमोक्रेटिक पार्टीहरूसँग मात्रै गठबन्धन गरेर अघि जानसक्छौँ । कम्युनिष्ट कम्युनिस्टसँग गठबन्धन गरेर अघि जाने हो भने हाम्रो अस्तित्व बिस्तारै समाप्त हुँदै जान्छ । यो देशकै लागि डरलाग्दो विषय हो । देश परिवर्तन गर्नु छ भने नेपाली काँग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस् । नेपाली काँग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हौँ । पपुलिजममा हामी धेरै गइरहेको देख्छु म । सामाजिक सञ्जालहरूमा हेर्नुस्, न्युज पढ्नुस् । हामी लोकरिझाईंमा बढी गइरहेका छौँ ।’

नेता कोईरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =