संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन् ।

गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका छन् ।

२०१७ मा संयुक्त राष्ट्र महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उहाँले सो पत्र लेखेका हुन् ।

धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन’

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीका कम्तिमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =