एनसेलको जस्ता प्रकरण दोहोरिन दिनु हुँदैन : पूर्वअर्थमन्त्री कार्की

काठमाडौं । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको शेयर खरिद प्रकरण जस्ता घटना दोहोरिन दिन नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका कार्कीले एनसेलको विषय गम्भिर भएको भन्दै आगामी दिनमा नदोहोरीने गरी त्यहाँका समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने बताए ।

उनले लगानीमैत्री वातावरण र सन्तुलित आर्थिक विकास बिना मुलुक समृद्धिको दिशामा जान नसक्ने बताए ।

उनले भावनामा बगेर कुरा गरेर मात्रै पनि मुलुकको आर्थिक विकास हुन नसक्ने बताए ।

उनले आन्तरिक उद्योग र वैदेशिक लगानीलाई संरक्षण गर्ने नीतिलाई प्रमुख प्राथमिकतामा राख्न आवश्यक रहेको रहेको बताए ।

समितिको बैठकमा नेपाली काँग्रेसका सांसद दीपक खड्काले कानूनी छिद्रताको प्रयोग गरी सेयर खरिदबिक्री गरेकाले कर्मचारीलाई मात्रै दोष लगाएर नहुने बताए ।

उनले नेपालको कानून निरीह हुँदा अर्थतन्त्र माफियाको हातमा रहेको आरोप लगाए । सांसद खड्काले पनि नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियटाको भनाइप्रति आपत्ति जनाए ।

बैठकमा अधिकांश सांसदहरुले आजियटाको सीईओले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले कुनै कम्पनीले नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने प्रचार गर्नु गम्भीर रूपमा लिन आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =