केन्द्रीय कार्यसमिति बैठक

राप्रपाले अस्थिरता र अराजकता भित्र आफ्नो भविष्य खोज्दैन : लिङदेन(भिडिओ)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए । उनले  कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताए ।

उनले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताए ।

उनले भने ‘३ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डाहरू तय गर्ने सन्दर्भमा बैठक बसेको हो । बैठक आज एजेन्डामा नै सकियो । एजेन्डामा पार्टीको नियमावली पास गर्नुपर्ने थियो, त्यो भयो । निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर पुस, माघ, फागुन र चैत्र आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य खोज्दैन । अरुले गर्ने आन्दोलनलाई विरोध र समर्थन गर्न हतार गर्दैन ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *