एनसेलको शेयर खरिदबिक्रि प्रकरणमा रास्वपाको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर खरिद बिक्रीमा अनियमित भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा रास्वपाका सांसदहरुले एनसेलको शेयर खरिद बिक्रीमा अनियमितता भएको भन्दै गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा बोल्दै रास्वपा सांसद विराजभक्त श्रेष्ठले भने ‘ एनसेल प्रकरणले देशमा कुन चरणको भ्रष्टाचार छ भन्ने कुरा देखाइदिएको छ । आजियटा कम्पनीले जुन खालको नेपालको बारेमा अभिव्यक्ति दिनुभएको छ त्यसले भोलि नेपालका लगानीको वातावरण कसरी बन्छ ?’

एउटा कम्पनीको एक जना व्यक्तिले देशमा लगानीको वातावरण छैन भनेको भन्दै यसको जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा आजियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =