रविको चुनौती- एनसेल किनबेचमा कुन नेताले कति पैसा खाए, छानबिन गर्न तयार हो ?
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![रविको चुनौती- एनसेल किनबेचमा कुन नेताले कति पैसा खाए, छानबिन गर्न तयार हो ?](https://www.makalukhabar.com/wp-content/uploads/2022/12/Rabi-Lamechane-MK1.jpg)
काठमाडाैँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलबाट कुन नेताले कति रकम बुझेका छन् खुला छानबिन गर्न तयार हाे भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिदबिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेकाे थियाे ।
त्यसकाे भाेलिपल्ट आज बिहान सामाजिक सञ्जालमार्फत लामिछानले नियामानुसार लाग्ने कर तिर्नु नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला-दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हाे भन्दै प्रश्न गरेका हुन् ।
‘स्पाइस नेपालकाे नाममा अहिलेकाे एनसेल जन्मिँदादेखि नै चलखेल थियाे । टेलियासाेनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारकाे ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हाे’, लामिछानेले साेधेका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)