व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् ।

काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले लगानी कर्ताको हिसावले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको दाबी गरे । उनले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए । उनले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको बताए ।

अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठुलो अवसर रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *