मौसम बदली, यी प्रदेशमा हल्का वर्षा र हिमपात

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । राति कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने छ ।

विभागले देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ ।आज  सूर्योदय बिहान ६ बजेर ४० मिनेट र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *