एनसेलबारे शीर्ष नेता र मन्त्रीहरूसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिदबिक्रीबारे शीर्ष नेता र मन्त्रीहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्रीले शीर्ष नेता र मन्त्रीहरूलाई एनसेल खरिदबिक्रीबारे छलफलमा बोलाएका हुन्।

छलफलमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शरतसिंह भण्डारी सहभागी छन्।

बालुवाटारमा जारी बैठकमा सत्तारुढ दल लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका नेता राजेन्द्र श्रेष्ठ, माओवादी उपाध्यक्षहरू अग्नी सापकोटा र पम्फा भुसाल, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र कांग्रेस प्रमुख सचेतक रमेश लेखकको उपस्थिति रहेको छ।

त्यस्तै, विभागीय कर्मचारीहरूलाई पनि छलफलमा बोलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *