संकल्प यात्रा

ओलीको प्रश्न : स्वयंसेवकले ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकहरूले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले चासो नदेखाएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सीमाना रिम्ना पुगेका ओलीले यस्तो बताएका हुन् । उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे ।

उनले आफूहरूले यो संख्यालाई २ हजार पुर्याउने ढंगले अघि बढी रहेको बताए । उनले भने ‘यति भोलिन्टियर आएर ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ । यो संख्यालाई हामीले २ हजार पु¥याउने भनेका छौँ । २ हजार आवास हाम्रा भोलिन्टियरहरुले बनाउँछ, अनि सरकार के हेर्छ , सकिँदो रहेछ नि, सरकारले बनाउनु पर्दैन । सरकारसँग पैसा छ, हामीसँग पैसा छैन । बिना पैसा हामीले ८ सय १३ घर निर्माण गरेका छौँ ।’

देशमा समस्या परेको ठाउँमा नेकपा एमाले स्वयंसेवकको रुपमा पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *