एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुने

काठमाडौं । एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुने भएको छ ।

सोमबार (आज) बसेको केन्द्रीय सचिवालयको बैठकले माघका लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

महाधिवेशन माघ १४–१८ का लागि तोकिएको थियो ।

राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौँमा हुने र माघमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

माघ १४ र १५ मा हुने राष्ट्रिय सम्मेलनमा कतिपय विधानको व्यवस्थाबारे पनि छलफल गर्नुपर्ने र उक्त छलफलका लागि पनि कार्यदल बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए  ।

उक्त कार्यदलमा उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको उनले बताए ।

राष्ट्रिय सम्मेलनभन्दा अगाडि मंसिर २८ २९ सचिवालय, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाइएको खतिवडाले बताए ।

खतिवडाले केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुने र सोको लागि आफ्नो तयारी गर्न तल्लो कमिटीहरुलाई बाटो खुलेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *