सिंहदरबार सुरक्षा व्यवस्था
बहिर्गमित लडाकुले प्रदर्शन गर्नसक्ने आशंकामा सिंहदरबार प्रवेशमा कडाइ
२०८० मंसिर १९ गते

काठमाडौँ । सिंहदरबार प्रवेशका लागि दक्षिण गेटसहितका गेटहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो ।
असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्नसक्ने अशंकालाई लिएर प्रहरीले सिंहदरबार प्रवेशमा सुरक्षा मजबुत बनाएको हो ।
सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुहरूलाई यतिबेला चेकजाँच गरिएको छ । प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ ।
२०८० मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








