भेरी बबई डाइभर्सनको अवलोकनपछि ओलीले भने- गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन ग‍रेका छन् । महाकाली-मेची अभियानका क्रममा मंगलवार बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् ।

अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए। उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाए । उनले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।

उनल भने, ‘यो आयोजनाको गुणस्तरमा कम्प्राेमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँग जाेडिएकाे छ । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन । गुणस्तरमा कम्प्राेमाइज गर्नु हुँदैन, यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । कम्प्राेमाइज गर्दा त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस् ।’

भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *