सुडानीहरूको चाहना पूरा गर्न असक्षम कुनैपनि शान्ति वार्ता अस्वीकार्य : अल-बुर्हान

एजेन्सी । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सुडानी जनताको चाहना पूरा गर्न नसकिने कुनैपनि शान्ति वार्ता स्वीकार्य नहुने बताएका छन् । गेजिरा राज्यको राजधानी वड मदानीमा सैनिक भेलालाई सम्बोधन गर्दै अल–बुरहानले यस्तो बताएका हुन् ।

उनले सुडानी सेनाले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई हराउन युद्ध जारी राख्ने प्रतिवद्धता गरे । उनले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग गर्न सुडानको इच्छुकतामा जोड दिँदै सुडानका लागि संयुक्त राष्ट्रका महासचिवका नयाँ राजदुत रामताने लामाम्राको आगमनलाई स्वागत गर्दै आफूहरु कुनै गुट वा समूहको पक्षमा हुने दुत नचाहने चेतावनी दिए ।

मे ६ देखि साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाले साउदी अरेबियाको बन्दरगाह शहर जेद्दामा सुडानी युद्धरत पक्षहरूबीच वार्तालाई प्रायोजन गर्दै आएका छन् । त्यसयता कैयौं युद्धविराम भएका छन् तर दुवै पक्षले एकअर्कालाई उल्लंघन गरेको आरोप लगाएका छन् । सुडानले १५ अप्रिलदेखि खार्तुम र अन्य क्षेत्रहरूमा एसएफ र आरएसएफबीच घातक झडपहरू देखाउँदै आएको छ ।

जसमा अक्टोबरसम्म ९ हजार मानिसहरूको मृत्यु भएको छ । सुडान भित्र र बाहिर ६ मिलियन भन्दा बढी विस्थापित भएका छन् । २५ मिलियनलाई सहायताको खाँचो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =