विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ
२०८० मंसिर १८ गते

काठमाडौँ । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
५ मंसिरमा बसेको न्यायपरिषदको बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस गरेको थियो ।
सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई शपथ गराएका हुन् ।
२०८० मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








