फिलिपिन्स विश्वविद्यालयमा विस्फोट हुँदा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तको मारावी सहरस्थित मिन्डानाओ स्टेट युनिभर्सिटीको जिमभित्र भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

साथै अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले जनाएको छ ।

स्थानीय समयअनुसार आइतबार ७ बजे विद्यार्थी र शिक्षक जिम भित्र क्याथोलिक मासका लागि भेला भएका बेला विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

सेनाको पहिलो इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको बताए ।

स्थानीय मिडिया जीएमए नेटवर्कले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गर्दै मृत्यु हुनेको संख्या ११ पुगेको बताएको छ । इम्प्रोभाइज्ड विस्फोटक पदार्थबाट विस्फोट भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले घातक बम विस्फोटको निन्दा गर्दै विस्फोटको दोष विदेशी आतंकवादी समूहलाई दिएका छन् । फिलिपिन्सको सशस्त्र बल (एएफपी) प्रमुख जनरल रोमियो ब्राउनरले सेनाले निरन्तर अध्ययन गरिरहेको र अपराधी चाँडै पत्ता लाग्ने बताए ।

विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि कक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । राजधानी र मिन्डानाओ टापुको सबैभन्दा ठूलो सहर लानाओ डेल सुरको क्याम्पसको सुरक्षाका लागि थप सुरक्षाकर्मीहरू खटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *