बन्धक रिहाइका लागि युद्ध आवश्यक छ : इजरायली प्रधानमन्त्री

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् ।

उनले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखी गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताए ।

शुक्रवार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११०बन्धकहरूलाई रिहा गरिएको थियो । नेतन्याहुकाअनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन् ।

उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तीव्रताका साथ लडाई सुरु गर्न निर्देशन दिएको बताए । इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिब एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ ।

गाजामा रहेको स्वास्थ्य मन्त्रालयकाअनुसार द्वन्द्व सुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *