चितवन घटना

बोराभित्र मृत भेटिएका महिला र पुरुषको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्‍यो स्केच

काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत हुन नसके पछि प्रहरीले पहिचानका लागि स्केच बनाएर सार्वजनिक गरेको छ ।

मंसिर ६ गते पुरूष र महिलाको दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्‍थामा शव फेला परेको थियो ।

शवको पहिचान हुन नसक्दा अनुसन्धानमा समस्या भएपछि प्रहरीले आइतबार पुरूष र महिलाको स्केच बनाएर सार्वजनिक गरेको हो ।

प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो ।

उनीहरूको स्केच हेरेर पहिचान हुन सकेमा परिवार तथा आफन्तलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले परिवारका कोही सदस्य, आफन्त तथा साथीहरू हराइरहेको भए, घर कोठामा डेरा गरी बस्ने मानिस सम्पर्कमा नआएको भए खबर गर्न समेत आग्रह गरेको छ ।

साथै, उद्योग कलकारखाना, पसल लगायतमा काम गर्ने सम्पर्कबिहीन भए वा यससँग सम्बन्धित सूचना भए सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *