एमाले नेता कार्की राप्रपा प्रवेश, लिङ्देनले गरे स्वागत

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

कार्कीलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा भित्र्याएका हुन् ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार एमाले प्रदेश कमिटी सदस्य कार्की आइतबार राप्रपा प्रवेश गरेका हुन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देनले सदस्यता दिएर कार्कीलाई पार्टीमा भित्र्याएका थिए ।

राप्रपाले अध्यक्ष लिङ्देनलाई भूगोल केन्द्रित आन्तरिक अभियानका लागि धरान उपमहानगरपालिका क्षेत्रमा खटाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − sixteen =