ट्रकले बाइक हान्दा श्रीमती बितिन्, श्रीमानसहित दुई छोरा घाइते

तनहुँ । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मृतक महिलाका पति र २ छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका-९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका-६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *