उग्र महत्वकांक्षा त्यागेर आचरण नसुधारेसम्म कांग्रेस परिवर्तन हुँदैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन् । कोइरालाले कांग्रेस पार्टी परिबर्तन नभएसम्म देशमा सुशासन नआउने समेत बताए।

युवालाई बिदेश पलायन हुनबाट रोक्न नसके देश थप धरासायी हुने कोइरालाको भनाई थियो।

‘दैनिक लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन । केवल स्वार्थ केन्द्रीत राजनीतिमा छौं। अनि देश कसरी देश बन्छरु’, कोइरालाले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनैपनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए । कोइरालाले कांग्रेस एक ढिक्का हुन नेताहरुले दम्भ छाड्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *