रावललाई खबरै नगरी अछाम पुगे ओली (भिडिओ)

काठमाडौं । मध्य पहाडी लोक मार्गको महाकाली मेची पदयात्राको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अछाम पुगेका छन् ।

शनिवार अध्यक्ष ओली एमाले नेता डा.भीम रावलको गृह जिल्ला अछाम पुगेका हुन् ।

बैतडीको झुला घाटबाट बिहीबार सुरु भएको एमालेको महाकाली–मेची पदयात्राको नेतृत्व ओलीले गरेका छन् ।

रावलकै गृह प्रदेशबाट एमालेले थालेको अभियानमा उनी भने सहभागी छैनन् ।डडेल्धुरा पुगेर देउवालाई फोन गरेका ओलीले आफ्नै पूर्व उपाध्यक्ष भीम रावललाई भने बोलाएनन् ।

बैतडी, डडेल्धुरा, डोटी हुँदै अछाम पुगेको ओली नेतृत्वको पदयात्राको टोलीले त्यहाँ आमसभालाई सम्बोधन गर्ने तय भएको छ ।

यो टोली शनिवार अछामको मंगलसेनमा बास बस्नेछ ।

झुला घाटबाट सुरु भएको एमालेको पदयात्रा पूर्वको चुवा भञ्जाङमा गएर टुङ्गिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =