न्यायाधीशकै राय बाझिँदा अब कसरी टुंगो लाग्छ बालकृष्ण खाँणको मुद्दा ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई छाड्ने कि थुनामै राख्ने भन्ने सम्बन्धमा उच्च अदालतका न्यायाधीशको भने मत बाझिएको छ।
यो मुद्दाका प्रतिवादीहरुको १० सुनुवाई गरेर शुक्रबार आदेश दिएका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको हो।
न्यायाधीशको राय बाझिँदा खाँण थुनामै रहने कि थुनामुक्त हुने भन्ने टुंगो लाग्न सकेन। उच्च अदालतले पूर्व उपप्रधानमन्त्रीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिँदा जिल्ला अदालतले धरौटीमा छाडेकाहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दियो।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पटाउने आदेश दिएका झण्डै आधालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतले केन्द्रीय कारागार सुनधारा पठाएपछि थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने मागसहित खाँण उच्च अदालत पाटन पुगेका थिए । तर शुक्रवार आदेश सुनाउने क्रममा अन्य प्रतिवादीहरूको हकमा न्यायाधीशहरूबिच सहमति भए पनि कांग्रेस नेता बालकृष्ण खाँणको हकमा भने निर्णय दिन सकेनन्।
अब तेस्रो न्यायाधीशको इजलासले यो निवेदनको टुंगो लगाउने छ। अब सुनुवाई गर्ने न्यायाधीशको इजलासले उनलाई थुनामा पठाउने वा थुनामै राख्ने भन्ने आदेश गर्नेछन्।
न्यायाधीशद्वय जनक पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए। तर न्यायाधीश प्रकाश खरेलले त्यसमा सहमती जनाएनन्। उनले खाँणलाई थुनामा राख्नु पर्ने जिल्ला अदालतको आदेश सदर गर्नु पर्ने राय दिए।
हेर्नुहोस् दुई न्यायाधीशको फरक फरक राय









