नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणबारे न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेस हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीश जनक पाण्डे र न्यायाधीश प्रकाश खरेलबीच राय बाझिएको छ ।

पाटन उच्च अदालतका न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा छाड्ने आदेश गरेका छन् भने त्यसमा न्यायाधीश खरेलले असहमति जनाउँदै थुनामै राख्नुपर्ने आदेश गरेका छन् ।

अब तेस्रो न्यायाधीशको इजलासले यो विवाद टुंगो लगाउने छ । अर्को आदेश नभएसम्म खाँण पनि थुनामै रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *